काठमाडौं - राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नियुक्ति प्रक्रिया बदल्नुपर्ने बताएका छन्।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवले भने, 'अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्टक्चर, संरचना र नियुक्तिको प्रक्रियालाई बदल्नुपर्छ। यहाँ राजनीतिकरण भएको छ।'
उनले नक्कली भटानी शरणार्थी प्रकरणमाथि गहिरो अनुसन्धान हुनुपर्ने बताए। त्यसका लागि अनुसन्धानमा खटिएको नेपाल प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताए। उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइनु राज्यविरूद्धको अपराध भएको बताए।
यो प्रकरणमा जुनसुकै होस् दोषी ठहरिए छुट्न नहुने बताए। उनले भने,'यो क्रमणमा निर्दोष फस्नु हुँदैन । कोही दोषी छुट्न् हुँदैन। अनुसन्धानमा प्रक्रियामा राजनीतिक हस्तक्षेप हुनुहुँदैन। छानबिन निष्पक्ष,स्वतन्त्र र कानुनसम्मतरुपले अघि बढ्नुपर्छ। यो संगठित अपराध,मानव तस्करीसँग जोडिएको विषय र यो राज्यविरूद्धको पनि अपराध हो। राज्यको गोपनीयतासँगसँगै दस्ताबेजलाई तलमाथि गर्नु यो राज्यविरुद्धको अपराध हो। यो सामान्य भ्रष्टाचार होइन। दूधको दूध पानीको पानी छुट्याउन प्रहरीलाई सघाउनुपर्छ।'
सांसद देवले भ्रष्टाचार उन्मुलन गर्न राज्यको अनुसन्धान गर्ने संघसंस्थाहरूले निगरानी बढाउनुपर्ने बताए। उनले कुनै पनि अमूक व्यक्तिलाई लामो समयदेखि एउटै शक्तिकेन्द्रमा राख्दा भ्रष्टाचार मौलाउन सक्ने बताए।
0 comment