काठमाडौं - पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।
अलकादिर ट्रस्ट मुद्दामा उनलाई इस्लामबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।
पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गरेसँगै इस्लामबाद प्रहरीले धारा १४४ जारी गरेको छ। यसको उल्लंघन गरे कारबाही गर्ने प्रहरीले जनाएको छ।
पीटीआईले पूर्वप्रधानमन्त्री खानलाई अदालत परिसरबाट अपहरण गरेको आरोप लगाएको छ। पार्टीका नेता फवाद चौधरीले पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गरिएको र वकिल र सर्वसाधारणलाई यातना दिएको बताए। उनले तत्काल अदालतमा पेस गर्न चेतावनी दिएका छन्।
0 comment