काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेको बताएका छन्।
पार्टीले सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेकाले उनले रचनात्मक भूमिका निर्वाह गर्ने बताए। तर सरकारको नेतृत्व गर्ने अवसरमा पाए त्यसलाई सदुपयोग गर्ने उनले बताए।
उनले भने, 'सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैनौं। बेन्चमार्कभित्र रहेर निर्णय गर्छौं। देशमा अस्थिरता ल्याउनु हुँदैन भन्ने हाम्रो मान्यता हो। स्थिरताका लागि प्रधानमन्त्री बन्न परे पनि पछि हट्दैनौं।'
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साविककै मन्त्रालय दिने प्रस्ताव गरेको स्वीकारे। 'उहाँहरूलाई सरकारमा आइदिए हुन्थ्यो भन्ने थियो। साविककै मन्त्रालय दिन पनि उहाँहरू तयार हुनुहुन्थ्यो। तर न्यूनतम साझा कार्यक्रममा अघिल्लो सरकारले ल्याएका कुराहरू समेटिएन। त्यहाँ जनताका लागि गर्ने धेरै कुरा थिए,' उनले भने।
'प्रदेश संरचनाले कहीँ पुगिँदैन। प्रदेश नेता व्यवस्थापन गर्ने ठाउँ बन्न पुगेको छ। हामीले संघीयता खारेजभन्दा पनि यस विषयमा बहस सिर्जना गर्न खोजेका छौं। सरकार बनेको छ, ढलेको छ। सपथ लिने, विश्वासको मत लिने प्रक्रिया चलिरहेको छ। के बनाइएको हो यस्तो?,' उनले प्रश्न गरे।
0 comment