काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेका नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गर्नुभएको थियो । जस मध्ये, नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू रहेका छन् ।
उहाँहरुलाई राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शीतलनि वासमा शपथ ग्रहण गराउने तयारी रहेको छ । नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले नवौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि सरकारले अझै पूर्णता पाएको छैन । गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले चैत १७ मा सातौँ पटक र वैशाख ३ गते आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।
0 comment