काठमाडौं – बारा– २ बाट उपनिर्वाचनमा निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
यादवले शपथपछि मुलुकलाई अघि बढाउनका लागि सरकारको स्थायीत्व आवश्यक भएको र सरकारले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताएका छन् । उनले जसपाबाट चाँडै नै सरकारमा प्रतिनिधि पठाउने पनी बताएका छन् ।
सांसद यादवले संसदीय समितिलाई क्रियाशिल बनाएर संसदलाई गतिशिल बनाउनुपर्ने धारणा राखे । दलहरूबीच राष्ट्रिय समझदारी बनाएर मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
यादव बैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट बिजयी भएका थिए ।
0 comment