काठमाडौं - लुम्बिनी प्रदेशका एमाले नेतृत्वको सरकार ढलेको छ । 

सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री लिला गिरीले पेश गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएसँगै लुम्बिनीमा एमाले नेतृत्वको सरकार ढलेको हो । मुख्यमन्त्री गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ । लुम्बिनी प्रदेशमा ८७ सांसद् छन् । गत पुस २७ मा ५८ सांसद्को समर्थनमा गिरी मुख्य मन्त्री बनेका थिए । 

यसअघि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले बहुमतको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । 

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति र राप्रपाका ४-४, जसपा, जनमत पार्टी र लोसपाका ३-३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ र स्वतन्त्रतर्फका २ सांसद छन्।