काठमाडौं - सन् २०२३ को पहिलो तीन महिनामा अमेरिकामा फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका र यसमध्ये दुई लाख ९० हजार अस्पताल भर्ना भइ उपचार सेवा लिएका छन्।
तथ्याङ्क अनुसार यो वर्षको पहिलो १०० दिनमा फ्लुका कारण १९ हजार जनाको मृत्यु भइसकेको छ।
अमेरिकामा ६ महिना वा सोभन्दा बढी उमेरका सबैलाई फ्लुको गतिविधि जारी रहेसम्म वार्षिक फ्लु खोप लगाउन सीडीसीले सुझाव दिएको छ।
0 comment