काठमाडौं – ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तानका समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आज बिहान पञ्जाबको मोगाको रोडे गाउँबाट पक्राउ गरेको छ ।
प्रहरीले गत चैत १८ गतेदेखि अमृतपाल सिंहलाई खोजी गरिरहेको थियो । पञ्जाबबाट पक्राउ परेका अमृतपाल सिंहलाई असमको डिब्रुगढ जेलमा लगिएको हिस्दुस्तान टाइम्सले जनाएको छ ।
अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत पक्राउ गरिएको हो । पञ्जाब प्रहरी र राष्ट्रिय गुप्तचर निकायको संयुक्त प्रयासमा उनीलाई पक्राउ गरिएको हो ।
पुलिस स्रोतहरूका अनुसार खालिस्तान समर्थक नेतालाई असमको डिब्रुगढ जेलमा सारिएको छ जहाँ उनको संगठनका अन्य सदस्यहरू पहिले नै राखिएका छन् ।
0 comment