काठमाडौं - कर्णाली प्रदेश सरकारले बिहीबार पूर्णता पाएको छ।
प्रदेश सरकारमा नवनियुक्त नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएपछि प्रदेश सरकारले पूर्णता पाएको हो।
नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल र द्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराए।
यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले पनि ऊर्जामन्त्रीका रूपमा आज शपथ लिएकी छन्। कर्णाली प्रदेशमा मन्त्रालयको संख्या पनि आठ नै बनाइएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो।
यसअघि एमाले-माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभिएको थियो।
0 comment