काठमाडौं - तनहुँ-१ मा आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्।
खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्।
त्यसैगरी, तनहुँ-१ मा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्ले र नेपाली कांग्रेसबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गराएका छन् ।
गत मंसिरमा भएको निर्वाचनमा तनहुँ-१ बाट विजयी नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचनका हुन लागेको हो।
0 comment