काठमाडौं - निर्वाचन आयोगले तनहुँ-१ र बारा-२ मा बैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ।
आयोगले तनुहँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको दुई स्थानमा बैशाख १० गते नै निर्वाचन गर्ने निर्णय गरेको हो।
यसअघि चितवन २ मा पनि बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको थियो।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उक्त क्षेत्र रिक्त भएको थियो।
0 comment