काठमाडौं - शास्त्रीय तथा आधुनिक सङ्गीतको प्रबर्द्धन गर्ने उदेश्यले स्थापित गुरुदेव कामत सङ्गीत फाउण्डेशनले आज काठमाडौंमा मिथिला रत्न बरिष्ठ सङ्गितकार तथा गायक गुरुदेव कामतको २५औँ एकल गायन सरम्य सन्ध्या २०७९ आयोजना गरेको छ ।

कार्यक्रममा बरिष्ठ सङ्गितकार कामतले शास्त्रीय सङ्गीत सङ्गित बिधाको मेरुद्ण्ड भएकोले सङ्गित क्षेत्रमा आउने नयाँ पिढिले शास्त्रीय सङ्गीत सिकेर आउन अनुरोध गरे ।

कार्यक्रममा ६७ बर्षिय कामदले ख्याल ठुमरी हिन्दी ,नेपाली र मैथली भाषाका १ दर्जन भन्दा बढि प्रस्तुति दिए । 

बाल्यकालदेखि नै आफ्ना दाइबाट पहिलो सङ्गीत शिक्षा लिएका कामतले भारतका बरिष्ठ शास्त्रीय सङ्गितकारहरुसँग समेत प्रशिक्षण लिएका छन् ।

कार्यक्रममा बरिष्ठ सङ्गीत साधकहरु तथा संबैधानिक आयोगका पदाधिकारीहरु लगायत गजल प्रेमिहरुको उपस्थिती रहेको थियो ।