प्रा.डा. बन्धु कोइराला
अहिले नेपालमा रुपान्तरणका कुरा आएका छन् ।
भनिन्छ -
"देशमा २०६३ देखि व्यापक रुपान्तरण भएको छ" ।
के को लागि कस्तो भन्ने प्रश्न उठ्छ ?
त्यसो त रुपान्तरणको काम गिरिजा प्र. कोइरालादेखि नै भएको हो ।
कर्मचारीलाई तीस वर्षको , लगाएर,
सरकारी सम्पत्ति निजिकरण गरेर, एमालेलाई पछारन माओबादीलाई बोक्नु उनको कम्ती उपलब्धी थिएन !
एउटै कुरा गरौं --
कृष्णप्रसाद भट्टराई प्रतिको अन्तर आघात नै हेरौं।
उनिले आफु कति ! तर आसेपासे समेतले आर्थिक भष्टचार कति गरे ! बेइमानी -- अनैतिकता । दुराचार , दुराग्रह ।
गिरिजा पालामा धेरै नीतिगत भ्रष्टचार भए पनि अख्तियार सम्मका कुरा गरे पुग्छ ।
भट्टराईले बेइज्जत पुर्ण रुपमा निस्कनु प¥यो
सरकार र पार्टीबाट ।
राजा ज्ञानेन्द्रसँको कुशासनको बिरुद्ध लाग्दा देशको स्वतन्त्रता अखण्डता सार्बभौम सत्तालाई नै बलि दिन पुगे दिल्ली सम्झौताको नाममा ।
दिल्ली सम्झौता गर्नुपर्ने दिल्ली सम्झौताका कार्यहरु मध्ये एकको पृष्ठभूमी के थियो र त्यसबेला भारतले के खेल्यो त्यो प्रसंग इतिहासमा अंकित छ ।
माओबादी राम्रोसँग गर्भधारण भै जन्मिएको जस्तो देखीए पनि पछि विकाशित कसरी भयो र त्यसलाई कसरी दिल्लीले सहयोग ग¥यो !
अथवा
तिनीहरु कसरी आस्रित भए -दिल्लीमा भन्ने कुरा मोहन बै द्य , सिपि गजुरेलहरुको भारतीय जेलमा थुना ,अथवा माओबादीको पक्षमा पछि पश्चिमाहरुको सद्भाव र विसंगति नेपालको नेताको फ़ोहोर दोग्ला राजनीतिको फल हो ।
गिरिजाले राष्ट्रपति नपाउनु उनले बोकेको / बोकाइएको माओवादीले नै लात्तले हान्नु आज गिरिजाको आत्माले केहि त भन्दो हो ।
कुनै बेलाका भित्ते राष्ट्रपति प्रचण्ड भए झैं अर्थात उनलाई माओबादीले राष्ट्रपतिको खाली पद देखायो । गिरिजाको रास्ट्रपति हुने आश्वासन पनि भित्ते राष्ट्रपतिमा भयो सीमित ।
एउटा कुरा हो
उनकी छोरी उप प्रधानमन्त्री बनिन् । छोरीको नागरिकताको कुरा नगरौं ।
यसरी रुपान्तरण त भएकै छ नि !
एक प्रकारको रुपान्तरण भएको यो ।
नेपाली जनताको चाहना हो -- सुखी समृद्धि नेपाल र शान्तिपुर्ण रुपमा बांच्न पाउने अधिकार!
ती ०६१ पछि ज्ञानेन्द्रले गाली पायो । पंचेहरु कुन कता दुलामा लुके ।
देशको साधन स्रोत विदेशी सुम्पने गिरिजा र आजसम्मका अरु नेता छन् नै!
विदेश सहयोग हेर्दा नेता/ सत्तासीनहरु र उच्च पदाधिकारीले पालैपालो खुब लुटे नै ।
हिजो पंचेले केही ठगे । आज नेताले पालैपालो । हिजोको चप्पले आज पजेरे ! मस्ती ।
शायद हो यही रुपान्तरण !
0 comment