काठमाडौं - उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतार प्रस्थान गरेका छन्। 

दोहामा हुने अतिकम विकसित मुलुक (एलडीसी)को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठसँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, माननीय जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव गणेशप्रसाद पाण्डे, मधुकुमार मरासिनी, केवलप्रसाद भण्डारी, स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत कतार प्रस्थान गरेका छन्। 

मार्च ५ देखि ९ सम्म हुने सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ ७ मार्चमा फर्कने कार्यक्रम तय भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको थियो।