काठमाडौं - सरकारले दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि गरेको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको हो। 

किसानले दुधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी दुधको न्युनतम मूल्य निर्धारण गरेको सरकारको भनाइ छ।