काठमाडौं – बाँकेमा कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले ३ वर्षपछी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १७ निवासी ५९ वर्षीय भगवान पासी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
उनलाई जिल्ला अदालत बाँकेको २०७७ साल कात्तिक २० गतेको फैसलाले १० वर्ष कैद सजाय तोकेको थियो । त्यसपछी फरार रहेका उनलाई शुक्रबार पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।
0 comment