काठमाडौं - आर्थिक अनियमितता गरेको आरोपमा दुई महिनादेखि सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सैनिक अदालतले सेवाबाट हटाउने फैसला सुनाएको छ।
सैनिक अदालतले शाहीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर नहुनेगरी सेवाबाट हटाउने फैसला गरेको हो। शाहीलाई सहयोग गरेको आरोपमा सेनाले नियन्त्रणमा लिएका महासेनानी महेन्द्रजंग शाह र कुलदिप तिमसिनालाई समेत सैनिक ऐनअनुसार कारबाही गर्ने फैसला भएको छ।
शाहीविरुद्ध आर्थिक अनियमितताको उजुरी परेपछि नेपाली सेनाले उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा अनुसन्धान पश्चात कोर्ट मार्शल गठन गरेको थियो। कोर्ट मार्शलको निर्णयअनुसार झन्डै दुई महिनादेखि थुनामा रहेका शाहीलाई थुनामुक्त गर्न फैसला सुनाएको हो।
शाह र तिमसिनालाई पक्राउ गरेपछि उनका आफन्तहरूले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता गराएका थिए।
0 comment