काठमाडौं - सर्वोच्च अदालतले जंगी अड्डालाई महासेनानी महेन्द्रजङ्ग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई थुनामा राख्नुको कारण देखाउन आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शाह र तिमसिनालाई थुनामा राख्नुको कारणसहित बन्दीलाई उपस्थित गराउन जंगी अड्डालाई आदेश दिएको हो।
सैनिक अदालतले शाह र तिमसिनालाई आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सघाएको आरोपमा नियन्त्रणमा लिएको छ।
सोधपुछका लागि बोलाएका दुवैजनालाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यले मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
0 comment