काठमाडौं – रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका १२ क्युबाङमा आफैले सञ्चालन गरेको आरा मेसिनमा परेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको १२ क्युबाङ निवासी कर्मधन पुन रहेको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले जानकारी दिए।
अध्यक्ष घर्तीका अनुसार मंगलबार राती करिब ८ बजेतिर अचानक आरा मेसिनमा परी गम्भिर घाईते भएका पुनको उपचारका लागि रुकुम पूर्व अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनाको खबर लगत्तै आफू सहित गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा घटनास्थल पुगेर गाउँपालिकाकै गाडिमा अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको अध्यक्ष घर्तीले बताए।
0 comment