काठमाडौं – सल्यान कालीमाटी गाउँपालिका ४ डोढेरामा सालनाल सहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

मंगलबार साँझ शारदा नदी किनारमा सालनाल सहितको शिशु तैरिरहेको स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । साथै

यसबारे प्रहरीले घटनाको थप अनुसन्धान गरी रहेको छ ।