काठमाडौं – बैतडीको मेलौलीमा एक पुरुषले अपाङ्गता महिला माथी बलात्कार गरेका छन् ।

यस बलात्कार गर्नेमा, बैतडी नगरपालिका –७, निवासी ५६ वर्षीय रामदत्त भट्ट रहेका छन् । उक्त पुरुषले २४ वर्षीय अपाङ्गता महिलालाई बलात्कार गरेको उनलकोे आमाले प्रत्यक्ष देखेपछि यो कुरा सार्वजनीक भएको हो ।

बलत्कारको आरोपमा ५६ वर्षीय तारा दत्त भट्टबिरुद्ध अपाङ्गताको (क) वर्गको सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी २४ वर्षीया
महिलालाई बलात्कार गरेको आरोपमा परिवारले प्रहरीमा उजुरी दिएका हुन् ।

पीडितले जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दिएपछि आरोपी ५६ वर्षीय रामदत्त भट्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखी थप अनुशन्धान गरीरहेको छ । 
पीडितलाई आरोपीले यसअघि पनि जबरजस्ती करणी गरेको स्वीकार गरेको भिडियो समेत महिलाका आफन्तले सार्वजनिक गरेका छन् ।

तर आरोपी पुरुषले भने महिलाका आफन्तले जबरजस्ती बोल्न लगाएको बताएका छन् ।