काठमाडौं - सरकारले शनिबार पनि राहदानी विभाग खोल्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राहदानी विभागसहित भीडभाड हुने सरकारी कार्यालयहरू शनिबार पनि खोल्ने निर्णय गरेको हो।
भीडभाडका कारण समयमै सेवा लिन नपाउँदा सेवाग्राहीहरू मर्कामा पर्दै आएका छन्। यससम्बन्धी व्यापक गुनासाहरू आउन थालेपछि सरकारले मालपोत, राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, अस्पताल, प्रहरी कार्यालयजस्ता भीडभाड हुने सेवाप्रवाहमुखी सरकारी कार्यालय हरेक दिन खुला राख्ने निर्णय भएको छ।
0 comment