काठमाडौं - प्रतिनिधि सभा सदस्य सहनाज रहमानको हृदयघातबाट निधन भएको छ।
भक्तपुरको घ्याम्पेडाँडामा वनभोजमा गएका बेला उनलाई हृदयघात भएको थियो। खाना खाएर कुर्सीमा बसेकी उनी एक्कासी ढलेकी थिइन्।
घ्याम्पेडाँडाबाट उनलाई मध्यपुर अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको सांसद प्रदीप यादवले बताए।
उनी जनता समाजवादी पार्टी नेपालकी समानुपातिक तर्फकी सांसद हुन्।
६३ वर्षीया उनी जसपाकी केन्द्रीय सदस्य हुन्। उनी मुस्लिम समूदायबाट प्रतिनिधि सभामा समानुपातिक सांसद चयन भएकी थिइन्।
0 comment