काठमाडौं - सांसद् गगन थापाले लघुवित्त संस्थाहरूको कारण गरिबहरू थला पर्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
लघुवित्तले नागरिकलाई दुःख दिएको भन्दै सांसद् थापाले यस सम्बन्धमा नेपाल राष्ट्र बैंक गम्भिर बन्नुपर्ने बताए।
आजको संसद् बैठकमा बोल्दै सांसद् थापाले भने, ‘अति न्यून आय भएका गरिबको आहालबाट निकाल्ने काम होला भनेको कयौं लघुवित्त संस्थाको कारण गरिबहरू नै थला पर्न बाध्य छन्।’
अनुमति दिने बेला हात फैलाउने तर सुपरिवेक्षण गर्दा मुठि कस्ने राष्ट्र बैंककै कारणले लघुवित्तको संकट देखिएको सांसद् थापाले बताए। अनुचित नाफा कमाउन लघुवित्त संस्थाले जे पनि गरिरहेको समेत सांसद् थापाले बताए ।
0 comment