काठमाडौं - धनगढीबाट ९ किलो चरेससहित तीन जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल बिओपी फूलबारीले रोल्पाको थवाङ्ग गाँउपालिका-५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङको लालमोटिया गाँउपालिका-१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुनलाई कैलालीको धनगढी उपमहानगरपालिका-१४ एचगाँउ स्याउले घाटबाट नियन्त्रणमा लिएको हो।
भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथमा चरेस फेला परेको प्रहरीले जनाएको छ।
चरेससहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ।
0 comment