काठमाडौं - मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको हो । प्रदेश प्रमुखको कार्यालयमा आज बोलाएर यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । अब उनले संविधानअनुसार प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ ।


0 comment