काठमाडौं – मंगलबार सिन्धुलीमाढीमा आयोजित पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री डाक्टर शेखर कोइरालाले अबको दुई सातापछि राष्ट्रपति पद कांग्रेसले पाउने दावी गरेका छन् ।
कोइरालाले सके सहमतिमा राष्ट्रपति पद कांग्रेसले लिने नभए जितेर देखाउने ठोकुवा समेत गरे । ‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आधिकारिक उम्मेदवार दिने निर्णय गरेको छ । उम्मेदवारी दिएपछि जितेरे देखाउँछ,’ उनले भने । राष्ट्रपति निर्वाचनबारे बाहिर जे–जस्तो कुरा आएपनि नेपाली कांग्रेसको उम्मेदवारले जित्नेमा आफू ढुक्क भएको उनले दावी गरेका छन् । ।
डाक्टर कोइरालाले कांग्रेसमा विचार र सिद्धान्त विस्तारै कमजोर हुँदै गएको र कांग्रेसभित्र अवसरबादीहरूको झुन्डले घेर्ने गरेको आरोप लगाएका छन् ।
0 comment