काठमाडौं - लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ। मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी तालिकाको शीर्ष स्थानमा उक्लेको हो। पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा भेटाएको थियो ।
पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा भने वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो।लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन भएर तालिकाको पुछारमा छ।


0 comment