काठमाडौं – वर्तमान परिस्थितीलाई मध्येनजर गर्दै नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको स्रोतको भनाई छ ।
आजमात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए । उनले सरकार सञ्चालनको विषयमा ५ वटा प्रश्नमा जवाफ मागेका थिए । अहिले इनम सापकोटाको न्यायधीससँगको कनेक्सनमा रास्वपाले महाअभियोगको प्रक्रियालाइ अगाडी बढाउने मार्गमा निर्णय गरेपछि दलहरु पनि यसमा धाराणाहरु बनाउदैछन । विचौलियासँग कनेक्सन न्यायधीसहरु प्रतिपक्ष दलसम्वद पनि भन्ने गरिएको पाइएको छ । इनम सापकोटा कनेक्सन प्रकरणले नेपाली राजनीति फरक कोणमा जाने अनुमान गरिएको छ ।


0 comment