काठमाडौं - चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका प्रा. डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । 

इलाममा २५औं सत्याग्रहमा बसेका उनको स्वास्थ्यवस्था जटिल बनेपछि अस्पतालमा भर्ना गरिएको हो । अनशन थालेको तेस्रो दिनमै अस्पताल भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । सरकारले माग पूरा गर्न चासो नदिएपछि अनशन बस्न बाध्य भएको डा. केसीले बताएका छन् ।