काठमाडौं - सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए । हिजो बजेट पारित भएपछि उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।
उनी लामो समय प्रदेशको भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा थिए ।


0 comment