काठमाडौं - ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएकी छन् ।
मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्दै नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाइन् ।
उनले नेपाल–ओमानबीचको बलियो जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्दै दुवै देशको साझा समृद्धिका लागि व्यावहारिक सहकार्य गर्नु मुख्य लक्ष्य रहेको धारणा राखिन्
नेपाल र ओमानको निरन्तर सहकार्य रहेको श्रम गतिशीलता क्षेत्रमा निरन्तरता दिँदै यसलाई थप सुदृढ बनाउने उनले बताइन्
साथै उनले ओमानसँगको व्यापार र लगानी प्रवर्द्धन गर्न यो इन्टेन्शनल, सेलेक्टिभ र कमर्सियल्ली ग्राउन्डेड हुनुपर्ने र यसका लागि सम्भावित साझेदारहरू पहिचान गरी बजार बुझ्न सहजीकरण गर्ने उल्लेख गरिन् ।
उनले स्पष्ट लक्ष्य, संस्थागत जिम्मेवारीप्रतिको सम्मान र मापनयोग्य उपलब्धि हासिल गर्ने प्रतिबद्धताका साथ काम गर्ने धारणा राखिन् ।


0 comment