काठमाडौं - नेपाली कांग्रेसको सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रुपमा घोषणा गर्न बाँकी छ।

खतिवडाले आफूले सबैभन्दा बढी दुई हजार ९१९ मत पाएर र अर्का निर्वाचित सहमहामन्त्री शिवाकोटीले दुई हजार ७२ मत प्राप्त गरेको बताए। सर्वाधिक मतसहित विजयी भएका नेता खतिवडा असोज २ मा देउवा समूह छाडेर संस्थापन पक्षमा फर्किएका थिए।

सहमहामन्त्री (खुलातर्फ) नौ जना उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा थिए।