काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढीगण्डकी नदीमा आएको बाढीपछि पाँच जना सम्पर्कविहीन भएका छन्।

चुमनुब्री गाउँपालिका–६ स्थित चुम्चेतको उङिलुङका भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। उनीहरुको खोजी कार्य जारी राखिएको छ ।  प्राधिकरणका अनुसार, बाढीले दर्जनौं भौतिक संरचना बगाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बाढी प्रभावित ४७ जनाको उद्धार गरेको छ।  सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा पनि खोज तथा उद्धारमा जुटेका छन्।

चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थि न्याकचेतबाट सिर्दिबास जोड्ने क्यान्टिलिभर पुल बगेको छ।  गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पादेखि चुम्लिङ बीचको क्षेत्रमा ठूलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको थियो। आज बिहान थुनिएको लेदोसहितको बाढीले ठुलो क्षति पुर्याएको हो ।