काठमाडौं - सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गमा अपराह्नदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। नेपाल प्रहरीका अनुसार दिउँसो ३ बजे देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो। 

धादिङको गजुरी गाउँपालिका- ५ गलौदीमा भासिएको ठाउँभन्दा माथि कटान गरेर सडक सञ्चालनमा ल्याइएको हो। शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएको थियो। नदीले तलबाट कटान गर्दा सडक भासिएको थियो ।

सडक भासिएका कारण राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको थियो। आवागमन बन्द गरिदाँ विशेषगरी दशैँमा घर हिँडेका यात्रुहरु अलपत्र परेका थिए।