काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।

प्राप्त मतगणना विवरणअनुसार उपसभापति (खुला) तर्फ डा. भण्डारीले ६४३ मत प्राप्त गरेका छन् । ई. मधु आचार्यले ३६२ मत पाएका छन्। त्यस्तै, गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा.डा. चन्द्रमोहन यादवले १२९ मत प्राप्त गरेका छन्।

उपसभापति (समावेशी) तर्फ बिनोद कुमार चौधरीले ३५७  मतसहित अग्रता लिएका छन्। जीवन परियारले ३०० मत प्राप्त गर्दा सीता गुरुङले १५७, फरमुल्लाह मंसुरले   १७७जीत कर्णले १०० मत पाएका छन्।

केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले सबैभन्दा बढी ७२३ मत प्राप्त गरेका छन्। अमरसिंह पुन मगरले ४५५ मत पाएका छन्। उदयशम्शेर राणाले ४१२, डा. सुनिलकुमार शर्माले ३०९, नैन सिंह महरले १३५, गुरुराज घिमिरेले १७८ मत प्राप्त गरेका छन्।

त्यस्तै, डा. सन्तोष उपाध्यायले १७ र शंकर तिवारीले १९ मत पाएका छन्। प्राप्त विवरणअनुसार खुला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्।

केन्द्रीय महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ५३६ मत प्राप्त गर्दै अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय (डिना) ले ५१३  मत प्राप्त गरेकी छन् भने रीता खनालले १४७  मत पाएकी छन्।

१२२९ मत गणना भएको छ । यसमा ५ मत बदर भएको छ ।