काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौदीमा सडक भासिएको छ।
शुक्रबार साँझ गजुरी नजिकै सडक भाँसिएपछि राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ। २० मिटर खण्ड भासिएको छ भने करिब सय मिटर भाग चर्किए जनाइएको छ ।
सडक थप भासिने र पहिरो जाने जोखिम बढेपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको छ। राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सवारी साधन तथा यात्रु प्रभावित भएका छन्।


0 comment