काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार स्ट्याटस लेख्दै जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ अनुहार आए पनि राजनीतिक आचरण पूरानै रहेको बताए । ५ जना अनुहार फेरिए, कांग्रेस फेरियो रे । ३५ वर्ष बिगारे रे, ३ दिनमा रवि र बालेन मिलेर त्यस ३५ वर्षको समाधान निकाले रे, पत्याइदिनुपर्ने रे,’ उनको स्टाटसमा लेखिएको छ । ढुङ्गानाले कांग्रेससहित रवि–बालेनलाई उस्तै प्रकृतिका ‘नयाँ’ राजनीतिक शक्तिका रूपमा चित्रण गर्दै उनीहरूको राजनीतिक आचरणमा खासै भिन्नता नरहेको दाबीसमेत गरेका छन ।
उनका अनुसार नयाँ आवरणमा पूरानै राजनीतिक प्रवृत्ति दोहोरियो उनले गत भदौको जेनजी विद्रोहले नेपाली समाजमा चरम बन्दै गएको निराशाको समाधान र राजनीतिक पुनर्गठन खोजेको उल्लेख गर्दै पुनः नयाँ आवरणमा प्रस्तुत भएका पूराना दलहरूबाट त्यो अपेक्षा पूरा हुन नसक्ने दावी गरेका छन ।
‘यिनैलाई विकल्प मान्ने हो भने २३ र २४ को घटना निश्चित नै दोहोरिन्छ, यो कुरा लेखेर राख्दा हुन्छ,’ ढुङ्गानाको स्ट्याटसमा लेखिएको छ ।
वर्तमान राजनीतिक निराशाको समाधान र राजनीतिक पुनर्गठनका लागि पुराना तथा अहिले चर्चामा रहेका शक्तिभन्दा अलग तेस्रो राजनीतिक ध्रुवको आवश्यकता रहेको मिराजको भनाई छ । गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहको सुत्रधार मानिन्छन मिराज ढुङगाना ।


0 comment