काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब राजनीतिक रुपमा एमालेलाई ठूलो धक्का लाग्ने बताएका छन्। 

नेकपा एकीकृत समाजवादी पार्टी निकट जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टी मजबुद बन्दै जाने बताए। उनले भने, 'अब एमालेलाई ठूलो धक्का पर्नेवाला छ। त्यसको सुरुवात सुदूरपश्चिमबाट भएको छ।'

नेपालले भने, ‘तपाइँहरूले थाहा पाउनुभएकै छ, सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो। नयाँ सरकारमा अहिले को को छन्? एउटा नेपाली कांग्रेस छ अर्को नेकपा एकीकृत समाजवादी छ।’ 

उनले नेकपा एकीकृत समाजवादीको अवस्था खत्तम छ भन्नेलाई पनि देखाइदिने दावी गरे। उनले भने, ‘यो पार्टीको हालत खत्तम छ। यसको भविष्य नै छैन भनेको होइन? कहाँबाट उदायो ? कहाँबाट देखापर्‍यो त्यहाँ?’