काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अन्ततः आफ्नै नेतृत्वमा नयाँ दल खोलेका छन् । निर्वाचन आयोगमा बिहीबार उनको ‘नेपाल पथ पार्टी’दर्ता भएको छ।

प्रसाईंको दल निर्वाचन आयोगमा २२५ नम्बरमा दर्ता भएको छ। आयोगले  प्रसाईंलाई दल दर्ताको प्रमाणपत्र समेत प्रदान गरिसकेको छ।

नयाँ पार्टीको औपचारिक घोषणा आउँदो मंसिर ७ गते गर्ने झापाको दमकमा घोषणासभा गर्ने प्रसाईंले बताए। यसअघि उनले डा. धवलशम्शेर राणासँग मिलेर पार्टी खोल्ने सहमति गरेको मसी नसुक्दै दुवैबीच मतभिन्नता भयो । कुरा नमिलेपछि राणाले केही महिनाअघि एक्लै ‘जय नेपाल पार्टी’ दर्ता गराइसकेका छन्।