काठमाडौं - एमालेको वरिष्ठ नेतामा मनोनीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी  ११ वर्षपछि एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएकी छन्।  

भण्डारीले लामो समयपछि वरिष्ठ नेताको रुपमा एमाले बैठकमा सहभागिता जनाएकी हुन्। लामो समयपछि पार्टीमा जोडिएकोमा बैठकमा सहभागीहरुले उनलाई बधाई तथा सफल कार्यालको शुभकामना दिएका थिए ।

दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी पदावधि सकिएपछि पुनः पार्टीमा फर्कने चाहना व्यक्त गर्दै सदस्यता नवीकरण गराएकी थिइन् ।
तर अध्यक्ष केपी शर्मा ओलीले उनको सदस्यता रोकेको थियो।

जेन्जी आन्दोलनपछि पार्टीभित्रै अध्यक्षको विकल्प खोज्न थालिएपछि असन्तुष्टि व्यक्त गर्नेको मुख बन्द गर्न ओलीले चलाखीपूर्ण रुपमा भण्डारीको सदस्यता नवीरकण गर्ने वातावरण बनाएका थिए । ओलीको निर्देशन पाएपछि एमाले केन्द्रीय कमिटी बैठकबाट उनलाई वरिष्ठ नेता मनोनीत गरिएको हो।  

पार्टीमा लामोसमय रगत पसिना बगाएको भन्दै भण्डारीले एमालेमै रहेर पुनः सक्रिय राजनीति गर्ने इच्छा व्यक्त गर्दै आएकी थिइन् । वरिष्ठ नेतामा मनोनीत गरिएकोमा उनले सार्वजनिक रुपमै खुशी व्यक्त गरेकी छन् ।