काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। मंगलबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई असोज १२ गते पक्राउ गरेको थियो। प्रसाईंले सहिदलाई अपमान हुनेगरी सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोप छ। प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्।


0 comment