काठमाडौं - सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरिएको छ । 

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको छ  । गोप्य सूचनाहरु चुहाएको आरोपमा  गृह मन्त्रालयले दाहाललाई हिजो  निलम्बन गरेको थियो । उनीमाथि छानबिनका लागि तीन दिनको म्याद दिइएको छ । तीन दिनभित्र प्रतिवेदन बुझाएपछि सोही अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्दा उनी भेट्न टेकु पुगेका थिए ।  निलम्बनमा परेका दाहाल यही २७ असोजबाट अनिवार्य अवकाशमा जाँदैछन्। सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका एआईजीको पदावधि चार वर्षको हुन्छ ।