काठमाडौं - कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

शर्माले वारेसमार्फत वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । पुष्पराज पौडेलले वारेसमार्फत शर्माको उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापतिको व्यवस्था गरिएको हो ।

उनी गत विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएका थिए । 

यसैगरी प्रदीप पौडेल महामन्त्रीमा मनोनयन दर्ता गराएका छन् । उनी पनि गत विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए ।अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।