काठमाण्डौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन । उनी बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री शाहको शपथ समारोहमा निवर्तमान मुख्यमन्त्री रावल पनि सहभागी भएका थिए । शुक्रबार विश्वासको मत मागेका रावललाई नागरिक उन्मुक्ति पार्र्टीले साथ न दिंदा परिणाम स्वरुप उनी मुख्यमन्त्रीबाट बाहिरिन बाध्य भएका थिए ।
0 comment