काठमाडौं - जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगन्जमा हुँदैछ ।

महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यकारिणी समिति चयन गरिँदैछ । असोज ९ गतेका लागि तय भएको महाधिवेशन अविरल वर्षाका कारण सारिएको थियो ।  नयाँ  केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।

विभिन्न पदमा १ सय ३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ ।