काठमाण्डौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभा बाट विश्वासको मत लिँदैछन् । तर नागरिक उन्मुक्ति पार्टीका सांसद सहभागी नहुने भएपछि सुदूरपश्चिममा सरकार ढल्ने खतरा देखिएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भने पनि नागरिक उन्मुक्ति पार्टीका सांसदको उपस्थीति नभए पछि आजको बैठक ४ बजेको लागी पुनः सारीएको छ ।
यस अघि हिजै विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद सहभागी नहुने भएपछि आजलाई सारिएको थियो ।
नागरिक उन्मुक्ति पार्टीका सात सांसद अहिले काठमाडौंमा छन् । तर आजको बैठकमा पनि नागरिक उन्मुक्ति पार्टीका सात सांसद सहभागी हुने नहुने कुनै निश्चित छैन । नाउपाले विश्वासको मत नदिए रावल नेतृत्वको सरकार एक महिनामै ढल्ने पक्का पक्की जस्तै देखिएको हो ।
मुख्यमन्त्री पदमा नियुक्ति बुझेको ३० दिन भित्र प्रदेश सभा बाट विश्वासको मत लिइसक्नु पर्ने प्रवधान छ । रावलले मुख्यमन्त्रीले नियुक्ति बुझेको आज ३० दिन पूरा हुँदैछ ।
नाउपाले आफ्ना माग पूरा नभएको भन्दै सरकारलाई विश्वासको मत दिन नसकिने पार्टीकी अध्यक्ष रञ्जीता चौधरीले बताएकी छिन् ।
0 comment