आवाश्यक सामाग्रीः
अण्डा ५ वटा
चिनी १२५ ग्राम
मैदा १२५ ग्राम
बटर क्रीमको लागिः
पिधेको चिनी १०० ग्राम
बटर २०० ग्राम
बनाउने विधिः
- अण्डाको सेतो भाग र चिनी मिसाएर राम्रोसँग फिट्ने ।त्यसपछि पहेँलो भाग राखेर चलाउने ।
- यसमा मैदा अलिअलि गरेर राख्दै चलाउँदै जाने ।
- राम्रोसँग मिलिसकेपछि यो पेस्ट बन्दछ ।
- यो मिक्स्चर कुन आकारको केक बनाउने हो, सोही प्रकारको भाँडो वा साँचोमा या ट्रेमा तेल लगाउने र बटर पेपर राखेर मिक्स्चर राख्ने ।
- ओभनलाई १६०–१७० डिग्री से. को तापक्रममा ५ देखि ७ मिनेटसम्म तताएपछि तल्लो खण्डमा मिक्चर को ट्रेमा राख्ने । अब सेम डिग्री से. को तापक्रममा २०–२५ मिनेटसम्म पाक्न दिने ।
- केको माथिल्लो भागको रंग खैरो भएपछि ओभनबाट झिकेर सेलाउन दिने ।
- ट्रेबाट झिकेर केकलाई इच्छा अनुसारको आकारमा नाइफद्वारा कटिङ गर्ने ।
- केकको बीच भागमा तेर्सो पट्टिबाट आधा चिरेर फ्याक पार्ने ।
- बटर क्रिम बनाउनको लागि पिँधेको चिनी र बटरलाई मिसाएर ५–७ मिनेटसम्म राम्ररी फिटेपछि ५–७ मिनेटसम्म राम्ररी फिटेपछि यो राम्रोसँग मिल्दछ र क्रिम तयार हुन्छ ।
- दुई फ्याक गरेको केकको तल्लोपट्टिको भागको माथिबाट पुरै आधा इन्च जति बाक्लो गरी क्रिम लगाउने ।
- क्रिम माथिको केकको अर्को भागलाई मिलाउने ।
यसपछि केकको माथिल्लो भागमा पनि आधा इन्च जति बाक्लो गरी क्रिम लगाउने । त्यसपछि आफ्नो इच्छा अनुसारको बुट्टा लगाउने र चेरीहरुले सजाई दिने ।
अब तपार्इँले चाहेजस्तै मिठो केक तयार हुन्छ ।
0 comment