काठमाडौं - कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारको काम व्यापार व्यवसाय गर्ने नभएको बताएका छन् ।
मोरङ उद्योग व्यापार संघको ६९ औं वाषिर्क साधारण सभाको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारले व्यापार व्यवसाय गर्न सहजता आउने गरी औद्योगिक वातावरण बनाउने तर्फलाग्नुपर्ने धारणा व्यक्त गरे। उनले कोशी प्रदेश सरकारले पर्यटन तथा उद्योग क्षेत्रमा लगानीको वातावरण बढाउन लगानी सम्मेलन आयोजना गरेको जानकारी दिए । उनले विराटनगरलाई कोशी प्रदेशको राजधानी बनाउने गरी उद्योगी व्यवसायीहरुले र्पूवाधार निर्माणमा आवश्यक सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले औद्योगिक वातावरण निर्माणका लागि सरकारलाई पटक पटक आग्रह गरिएको भएपनि आवश्यक नीति, कानुन र र्पूवाधारमा सहयोग नगरेको गुनासो गरे । उनले अर्थतन्त्रमा देखिएको समस्या निराकरणका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्न सक्नुपर्ने धारणा व्यक्त गरे ।
सो अवसरमा संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने मोरङ उद्योग व्यापार संघले ७५ वर्षमा गरेका कार्यहरुको स्मारिका विमोचन गरिएको थियो ।


0 comment