काठमाडौं - चिनियाँ प्रधानमन्त्री लि क्वाङ चीनतर्फको बाढी प्रभावित क्षेत्रको भ्रमणमा पुगेका छन्।  

उनी आज बाढी प्रभावित क्षेत्रमा पुगेका हुन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनले बाढीले क्षति पुर्‍याएको सीमा नाकाका संरचनाको अवलोकन र मानवीय क्षतिबारे जानकारी लिएका छन् । बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्रै करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा चीनले खोज तथा उद्धारको काम तीव्र बनाएको छ। बेपत्ता नागरिकको खोजी तथा प्रभावित क्षेत्रमा आवश्यक उद्धार र राहतका लागि विभिन्न टोली परिचालन गरिएको छ।